हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 11546  पटक पढिएको

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर ४ गतेलाई अर्जुनदृष्टि लगाएर काम गर्ने बताएका छन । सरकारले निर्वाचन मिति घोषणा गरेपछि पत्रकार सम्मेलन गर्दै उनले स्थानीय निर्वाचनमा भएका कमजोरीहरूलाई सच्याएर संघ र प्रदेशको निर्वाचन गराउने बताएका हुन । प्रमुख आयुक्त थपलियाले दसैँ लगत्तै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि मनोनयन गरिने जानकारी पनि दिए ।

निर्वाचनका लागि आयोगले आइतबारदेखि दल दर्ता सुरु गर्ने भएको छ । प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै सकिने जानकारी समेत दिए । सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधि आयोगले छिट्टै टुंग्याउने उनको भनाइ छ ।

प्रदेश सभा र प्रतिनिधि सभाको कार्यकालको व्याख्या भने आयोगले नगर्ने थपलियाको भनाइ छ । चुनावमा खटिने कर्मचारीलाई अस्थायी रूपमा मतदाता परिचय पत्र बनाएर भोट दिन पाउने व्यवस्था गर्न लागेको पनि आयोगले जनाएको छ । कर्मचारी, सुरक्षाकर्मी, ब्यारेकमा रहेका सुरक्षाकर्मीहरू, थुनुवा कैदीबन्दीलाई समानुपातिकतर्फ मतदान गर्न दिने तयारी आयोगले गरेको हो ।

मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्न सबै ढंगले तयार रहेको पनि आयोगले स्पष्ट पारेको छ । आन्तरिक तयारी जारी राखेकाले एक सय सात दिनमा चुनाव गर्न कठिन नहुने आयोगको भनाइ छ । आगामी चुनावमा दश लाख मतदाता थपिएर एक करोड ८७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!