हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 1636  पटक पढिएको

बिराटनगर । राउन्ड टेवल नेपाल BCRT-१५ को आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ कटहरी-०४ स्थित रहेको सप्तकोशी सिमेन्ट फ्याक्ट्री र सेन्चुरी पलाई बोड फ्याक्ट्री बर्जु सुनसरीको प्रङ्गणमा सम्पन्न गरेको हो ।

राउन्ड टेवल नेपालको स्थापना दिनको अवसरमा आयोजना गरीएको सो रक्तदान कार्यक्रममा ४६ पाउन्ड सप्तकोशी सिमेन्टबाट र ३५ पाउन्ड सेन्चुरी पलाई बोडबाट गरी जम्मा ८१ पाउन्ड रगत जम्मा भएको हो ।

रक्तदान लगायतका कयै सामाजिक कार्यहरु गर्दै आइरेहेको सो क्लबले रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको राउन्ड टेवल नेपाल BCRT-१५ का अध्यक्ष सुमित गोयलले हिपमत डटकमलाई बताए । हामीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम को आयोजना गरेको बताए।

प्रत्येक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउदै समाज परिवर्तनका लागि आफुबाटै आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सप्तकोशी सिमेन्ट फयाक्टरीमा काम गर्ने कामदारहरु, सेन्चुरी पलाई बोड फ्याक्ट्रीमा काम गर्ने कामदारहरु, मदर्श जामिया ईस्लामिया कटहरी ४ का बिभिन्न पदाधिकारीहरु सहित ले रक्तदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!