जिल्ला प्रशासन कार्यालय काठमाडौँले जुम्लाका २१ वर्षीय रतन तिरुवामाथि अभद्र मुद्दामा सात दिनको म्याद थप गरेको छ ।आइतबार राष्ट्रियसभा गृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरेपछि प्रहरीले तिरुवालाई नियन्त्रणमा लिएको थियो । यद्यपि, प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।तिरुवामाथि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।तिरुवाले आफू सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा बाबुको ज्यान गएको तिरुवाले दाबी गरेका छन् । यता, सत्तारुढ दल नेकपा जुम्लाले भने आइतबार नै एक विद्दप्ति जारी गर्दै रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको दाबी गरेको छ ।प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!