
विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी नेता तथा मोरङ क्षेत्र नम्बर–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले आफ्नो चुनावी अभियानलाई तीव्र पारेकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनी हाल घरदैलो अभियानमा सक्रिय देखिएकी छन्।


घरदैलोका क्रममा झा प्रत्येक मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र जनआकांक्षा बुझिरहेकी छन्। उनले आफ्नो उम्मेदवारीको उद्देश्य र भावी कार्ययोजनाबारे जानकारी गराउँदै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेकी छन्।

जनताको सेवा र मोरङ–५ को समग्र विकासका लागि आफू उम्मेदवार बनेको बताउँदै झाले घरदैलो अभियानबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइन्। उनका अनुसार स्थानीयवासीहरूले उनको उम्मेदवारीलाई आशाको रूपमा लिएका छन्।

अभियानका क्रममा धेरै मतदाताले झाप्रति विश्वास व्यक्त गर्दै मतदान गर्ने प्रतिबद्धता जनाइरहेका छन्। प्राप्त जनविश्वासलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै झाले जनअपेक्षाअनुसार काम गरेर देखाउने विश्वास दिलाइन्।

मोरङ–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झाको सक्रियता र बढ्दो जनसमर्थनसँगै चुनावी माहोल थप चासोपूर्ण बन्दै गएको छ। ( तस्विरहरू )