हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 8238  पटक पढिएको

काठमाडौं। सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने समझदारी बनेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताबीचको बैठकमा मंसिर चार गते निर्वाचन गर्ने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी मंसिर ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए भने त्यसमा अन्य दलका नेताहरुले सहमति जनाएको बताइएको छ ।

बैठकमा निर्वाचनका विषयमा छलफल भएको र गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने सहमति भएको कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै गठबन्धनमा चूनावको मिति घोषणा गरेपछि संसदको अधिवेशन के गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!