काठमाडौ। मधेश प्रदेशको कार्यक्रम ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले बुधबार काठमाडौंस्थित विशेष अदालतमा प्रदेश सचिव यामप्रसाद भुसाल, सि.डि.ई. भगवान झा, सह-लेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख अधिकृत बैठौराम स्वार्य महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र एम/एस ओम सत्य सल प्रालि वीरगन्जका कार्यकारी निर्देशक रेनु अग्रवालविरूद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरूविरूद्ध पनि मुद्दा दायर भएको छ । समिति अध्यक्ष तथा उपसचिव दिलिपकुमार प्रधान र अधिकृत आठौं सुरेन्द्रकुमार कर्णविरूद्ध पनि मुद्दा दायर भएको छ।

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो ।

सो क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानी नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

सह-लेखापाल राजाराम मण्डल र सि.डि.ई. भगवान झा बोलपत्र समितिमा समेत भएको हुँदा उनीहरूविरूद्ध दुई वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

प्रदेश सचिव यामप्रसाद भुसालले साइकल किन्दा सुरूदेखि नै सावजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिका पालना नगरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!