बुधबार, साउन १८, २०७९ || 4045  पटक पढिएको

काठमाडौं। कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद थप नहुँदा देशभरका अस्पताल सञ्चालनमा कठिनाइ देखिएको छ ।

कोरोनाको चौथो लहरको पूर्व रूपको संकेत गर्दै संकमण दर दैनिक बढिरहेपनि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव देखिएको हो ।

तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन एक देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको चिकित्सकहरुले बताएका छन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भेन्टिलेटरसहितका २४ आईसीयू बन्द हुने अवस्थामा पुगेका छन् ।

पुनः कोरोना संक्रमण बढ्दै गएकाले करारमा स्वास्थ्यकर्मी राख्नुपर्ने माग उठन थालेको छ । जिल्लास्तरमा रहेका अस्पतालहरुमा समेत सोही समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!