हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 2829  पटक पढिएको

काठमाडौ। कोशी नदीको एउटा भंगालो उदयपुरको सिसौली टप्पु–चिलिया बस्तीमा पसेको छ ।

तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिका बडा नम्बर आठ डुम्रेबाट पश्चिम कटान गर्दै बस्तीमा प्रवेश गरेको हो ।

नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका–६ डुबानमा परेका छन । नदि फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सतर्क रहन सबैलाई अनुरोध गरेको छ ।

प्रभावित क्षेत्रमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्दारमा खटिएको छ । प्रभावित क्षेत्रका उनीहरुले नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!