हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 6133  पटक पढिएको

उर्लाबारी।उर्लाबारी नगरपालिका १ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । नगरप्रमुख गंगाप्रसाद खरेलले सोमबार नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभयो । नव निर्मित वडा कार्यालयको दुई तले पक्की भवनमा आठ कोठा रहेका छन् । नगरबाट विनियोजित ९७ लाख लागतमा भवन निर्माण सम्मपन्न भएको वडा अध्यक्ष तिलक पाण्डेले जानकारी दिनुभयो ।

उर्लाबारीका ९ मध्ये वडा नम्बर १ र २ को वडा कार्यालय भवन उद्घाटन भइसकेको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

‘उर्लाबारी नगरपालिकाका जनप्रतिनिधि जनताकेन्द्रित भई समर्पित भावले काम गर्दै आइरहेका छन्’ उहाँले भन्नुभयो – ‘जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार छन् ।’ आफुहरुको मुख्य उद्देश्य आर्थिक पारदर्शिता, स्थानीय जनताको अपनत्व र बलियो निर्माणका लागि भएको बताउँदै प्रमुख खरेलले उर्लाबारीबासी जनताको एकता र मेहेनतले मात्र सुन्दर उर्लाबारीको परिचय स्थापित हुने उल्लेख गर्नुभयो । वडा नम्बर १ का अध्यक्ष तिलक पाण्डेले वडा समिति र वडाबासीको सहयोग र समन्वयका कारण समयमै कार्यालय भवन निर्माण सम्पन्न भएको जनाउनुभयो ।

कार्यक्रममा उर्लाबारी वडा नं १ को नवनिर्मित वडा कार्यालय भवनका लागि जग्गा दान दिनुहुने समाजसेवी नरबहादुर र इन्द्रबहादुर चौहानसहित उहाँहरुको परिवार, वडाका पुर्व सदस्य मोहनकर्ण श्रेष्ठ तथा गम्भीरमान प्रधानलाई कार्यक्रममा सम्मान गरिएको थियो । वडा कार्यालय भवन निर्माणका लागि नरबहादुर चौहान परिवारले १ कट्ठा ४ धुर र इन्द्रबहादुर चौहान परिवारले १ कट्ठा ६ धुर जग्गा दान गरेको वडा सदस्य गौरीशंकर दाहालले जानकारी दिनुभयो ।

यसअघि नरबहादुर चौहानकै घरमा वडा कार्यालय संचालन हुँदै आएको थियो । उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मीना खतिवडा पौडेल, पुर्व उप–प्रमुख लक्ष्मीदेवी भण्डारी, समाजसेवी मानबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!