हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 544  पटक पढिएको
फ़ाईल तस्बिर

काठमाडौं। संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न विधेयकहरु पेश हुने कार्यसूचि छ ।

खानेपानी तथा सरसफाइ विधेयक २०७७, शपथ सम्बन्धी विधेयक, २०७९, स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४, प्रत्ययन विधेयक, २०७८ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त तथ्यांक विधेयक २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!