हिपमत डटकम

सोमबार, साउन १६, २०७९ || 12351  पटक पढिएको

काठमाडौ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द लगायतलाई पक्राउ पुर्जी जारी भएपछि त्यसमा नेकपाले आपत्ति जनाएको हो ।

पक्राउ पुर्जी जारी भएपछि विज्ञप्ति प्रकाशित गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम भएको उल्लेख गरेका हुन् ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी हुनुले सरकार वार्तापछि भएका सहमति कार्यान्वयन गर्न अनिच्छुक देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सरकारसँग भएका सहमति कार्यान्वयन नगरिए हातमा दही जमाएर नबस्ने चेतावनी दिइएको छ ।

सरकारले अहिलेसम्म पार्टीका नेतालाई रिहा नगरेकोप्रति समेत नेकपाले आपत्ति जनाएको छ ।

ओली नेतृत्वको सरकारसँग सहमति गरेर चन्द नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएका छैनन् । केही कार्यकर्ता पनि जेलमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!