ईस्वर दुलाल
पथरी। मोरङको पथरी शनिश्चरे ८ कुसल चोक निवासी क्यान्सर पिडित पवित्रा लिम्बु राईको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । कुसल युवा समाजको अगुवाईमा रकम संकलन भएको हो । संकलित सहयो रकम बिरामीका दाजु नरबहादुर लिम्बुलाई हस्तान्त्रण गरिएको थियो ।
विभिन्न समाजिक काम गर्दै आएको कुसल युवा समाजले समाजले समुदायबाट संकलित ७६ हजार ३ सय ४५ रुपैया सोमबार हस्तान्तरण गरेको हो ।
सम्पूर्ण सहयोगी दातालाई धन्यवाद दिदै पिडितका दाजुले आफ्नी बहिनीको उपचारका लागी सहयोग गर्नुहुन अनुरोध गरेका छन् ।
आर्थिक अवस्था निक्कै दयनिय रहेको पवित्राका २ छोराहरु रहेका छन् । श्रीमान दुर्गा राईले वडा नम्बर ८ र ४ को सिमानामा रहेको कुसल बजारमा साईकल मर्मत गर्ने पसल संचालन गर्दै आएका थिए । श्रीमतीलाई स्तन क्यान्सर भएको थाहा पाए पछि उनले सो काम छाडि श्रीमतीको स्यारमा लागेका छन् । हाल उपचारमा मात्र हैन परिवामा समेत के खाने–के लगाउने भन्ने अवस्था आएकाले कुसल युवा समाजले आर्थिक संकलन गरि सहयोग गरेको समाजका अध्यक्ष रामप्रसाद निरौलाले जानकारी दिए ।
हाल पवित्राको भरपूर क्यान्सर अस्पलमा उपचार भई रहेको छ । उनलाई स्तन क्यानसको लक्षण १ वर्ष अगाडिनै देखा परेपनि परिवारको अर्थिक अवस्थाका कारण उपचार हुन नसकेको पवित्राको दाजु दुर्गा राईले जानकारी दिए । उनीहरु आफन्तको सहयोगमा सानो घर निमार्ण गरी बसोवास गर्दै आएका थिए ।
पहिलो चरणको अर्थिक सहयोग हामीले हस्तान्त्ररण गरेका छौं । फेरी पनि संकलन भएका सहयोग रकम हामी क्रमशः हस्तान्त्रण गर्दै जाने छौं । सहयोगका लगी कुसल युवा समाजमा सम्पर्क गरी तथा पिडितका दाजु दुर्गा राईलाई ९८०७०६७११२ मा सम्पर्क गरी सहयोग गर्न सकीने कुरा समाजका अध्यक्ष निरौलाले जानकारी दिए ।