हिपमत डटकम

सोमबार, साउन १६, २०७९ || 5473  पटक पढिएको

काठमाडौं। मन्त्रिपरिषदको नियमित बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

दिउँसो बालुवाटारमा बस्ने बैठकवाट सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ ।

निर्वाचन आयोग मंसिर दुईमा एकै चरणमा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री देउवाले केही दिन तलमाथि हुन सक्ने भन्दै मंसिर चार गते निर्वाचनको मिति तोक्ने तयारी गरेका छन् ।

सामान्यतया निर्वाचनका लागि एक सय विस दिन समय आवश्यक पर्ने आयोगको भनाइ छ ।

मिति घोषणाका विषयमा केही दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सत्ता साझेदार दलसँग परामर्श समेत गरिरहेका छन् ।

चुनावको मिति घोषणा र तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले पनि सत्ता साझेदार दलसँग परामर्श गरेका छन् ।

२०७४ मंसिर १० मा ३२ जिल्ला र मंसिर २१ मा ४५ जिल्ला गरी दुई चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन गरिएको थियो ।

आयोगले प्रतिनिधिसभाको निर्वाचन पूरा गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत पुस मसान्तभित्र गरिसक्नुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!