हिपमत डटकम

आइतबार, साउन १५, २०७९ || 10035  पटक पढिएको

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणित गरेका छन् ।

सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसद्बाट पारित भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयलाई आज प्रमाणित गरेका हुन ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको सो विधेयक अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गर्नुपर्ने हुन्छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि सो संशोधित विधेयक ऐनको रुपमा कार्यान्वयनमा जानेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विधेयक पारित भएसँगै गैर आवासीय नेपालीहरुले त्यसको स्वागत गरेका छन् । कतिपयले भने गैर नेपालीले सहजै नागरिकता पाउने व्यवस्था गरिएको भन्दै विरोध जनाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!