काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ ।
आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको हो ।
दाहाल नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा जापान जान लागेका छन् ।
स्थायी समिति बैठकले प्रदेश एक को २६ गते, मधेस प्रदेशको बैठक दुई गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक चार गते बस्ने तय गरेको छ ।
प्रवासको बैठक छ गते, विशेष प्रदेशको बैठक चार गते र सम्पर्क मञ्चको बैठक आठ गतेका लागि तय गरिएको छ ।
पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्ने तय भएको छ ।