हिपमत डटकम

शुक्रबार, साउन १३, २०७९ || 12804  पटक पढिएको

काठमाडौँ । तीज नजिकिदै गर्दा तीजका लागि भनेर बनाइएका गीतहरु अहिले धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गीतकार तथा गायिका गायत्री थापाको नयाँ तीज गीत ‘सर्दी लाग्छ नरुझ पानीमा’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीतमा रामजी खाँड र शान्तीश्री परियारको स्वर रहेको छ ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काेको चिन्ता गर्दै भरिमा नरुझ भनेका छन् । राजस सुनामको संगीत तथा एरेन्ज रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा गायक रामजी खाँड र मोडल जुना सुन्दासको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेकी हुन् ।

करण चैसिरको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको भिडियो शिव दर्शन फिल्मस्ले निर्माण गरेको हो ।
गीतदर्शक श्रोताको रोजाइमा पर्ने विश्वास गीतकार गायत्री थापाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!