काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन ।
बिहीवार विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो घोषणा गरेका हुन । उनले आगामी १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानको लागि हानाथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गरे ।
सञ्चार मन्त्री कार्कीले सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पु¥याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमितामा राखेर अगाडि बढेको उल्लेख गरे । उनले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताए ।