हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 13730  पटक पढिएको

काठमाडौ । सभामुख अग्नीप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि निर्वाचनमा महिलाहरुको बढिभन्दा बढि सहभागिता गराउनुपर्ने बताएका हुन । सभामुख सापकोटाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन महिला सांसदले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याए ।

मतदातामा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसलाई हटाउन पनि महिलाहरुको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताए । उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराइन ।

पूर्वसभामुख ओनसरी घर्तीले भोलीको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिलेनै राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा बढिभन्दा बढि सहभागिता गराउन लाग्नुपर्ने खाँचो औंल्याइन । पूर्वसभामुख घर्तीले विशेषाधिकारको उपयोग गरेर महिलाहरुले आफूलाई कमजोर सावित गर्न नहुनेमा पनि जोड दिइन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!