हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 1836  पटक पढिएको

काठमाडौ । शेयर बजारको उकालो यात्रा आज पनि कायम रहेको छ ।

आज शेयर बजार परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा कायम भएको हो । आज कारोबार संख्या रकममापनि बृद्धि भएको छ । दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको हो । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै १८ करोड र शिवम् सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

आज विन्ध्यवासिनी हाइड्रो विकास कम्पनी र राष्ट्र उत्थान लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन पावर पार्टनर र एक्सेल डेभलपमेन्ट बैंकको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । राधी जलविद्युत्, बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर भने झन्डै चार प्रतिशतका दरले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!