हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 1251  पटक पढिएको

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन् ।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै अध्यक्ष दाहालले अहिलेकै गठबन्धनसँगै चुनावी सहकार्य हुने र त्यसबाट दायाँ बायाँ सोच्न आवश्यक नरहेको बताएका हुन् ।

त्यस्तै उनले कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

हालको गठबन्धन भित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने भएपनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको पनि दाहालले जानकारी गराएका छन् ।

अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्ने सम्भावना अब सकिएको पनि उल्लेख गरे ।

वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङका क्रममा उनले एमालेको प्रशंगमा अडान प्रष्ट्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!