रुसले ग्यास आपूर्ति घटाएपछि युरोपमा ग्यासको मूल्य बढेको छ । एकैदिन यूरोेपेली मुलुकहरुका ग्यासको मूल्य दुई प्रतिशतले वृद्धि भएको हो ।
रुसको ग्याजप्रोम कम्पनीले पाइपलाइन मर्मतका लागि भन्दै आपूर्ति कटौती गरेको हो ।
युरोपमा ग्यासको मूल्य गत वर्ष प्रति मेगावाट ३७ युरो रहेको थियो ।
युक्रेन युद्ध शुरु भएपछि ग्यासको मूल्य प्रति मेगावाट दुई सय चार युरो पुगिसकेको छ ।
एक वर्षको अवधिमा ग्यासको मूल्य साढे चार सय प्रतिशतले बढेको हो । बेलायतमा पनि ग्यासको मूल्य सात प्रतिशतले बढेको छ ।
रुसी ग्यास आपूर्ति कटौती हुँदा आउने वर्षको जाडो याममा युरोपमा संकट आउने चेतावनी दिइएको छ ।
युक्रेन युद्धमा पश्चिमा मुलुकको साथ दिएपछि रुसले रुसले नोर्ड स्ट्रिम वान पाइपलाईबाट युरोप पठाउने ग्यासको मात्रा आधाले कटौती गरेको छ ।
कटौतीसँगै युरोपेली देशहरूको रुसबाट आयात गर्ने ग्यासको मात्रा घटाउने निर्णय गरेका छन् ।