काठमाण्डौ। नेपालि नारीहरुको महान चाड हरितालिका तीज आउन अब केहि दिन मात्र बाँकी छ । यसै बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक हुन थालेका छन् । यस भित्र हरेक कलाकारलाई आफ्नो सिर्जना कसरी हुन्छ उत्कृष्ट बनाउने सोच हुने गर्दछ । यसैलाई मध्यनजर राखेर नेपालि गीत संगीतको क्षेत्रमा निकै सम्भावना बोकेर आएका रञ्‍जित बिस्वकर्माले पनि एक तीज गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत “लरी लरी लै” बोलको रहेको छ ।

रोमान्चक सैलिमा तयार पारिएको यस गीतमा रञ्‍जित परियार र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय भिम भुजेलले तयार परेका हुन् भने शब्द रबिन बाबु बि.सी र भिम भुजेलको रहेको छ । प्रस्तुतकर्ता स्वयम् रञ्‍जित यस गीतको म्युजिक भिडियोमा देखिएका छन् । उनि संगै नारायणी खत्रीको पनि यस गीतको म्युजिक भिडियोमा आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन राजकुमार मगरले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!