काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन । आजकाठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताएका हुन । प्रधानमन्त्री देउवाले तथ्यहीन, भ्रामक समामजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारीताको मुल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि जानकारी दिए । उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने जिकिर गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताए ।

मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए । उनले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहेको उल्लेख गरे । स्वस्थ र सत्यतथ्य आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको मन्त्री कार्कीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!