हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 1338  पटक पढिएको

काठमाडौ। नेपाल वायुसेवा निगमको अवस्था पछिल्लो समय सुध्रिँदै गएको छ ।

निगमले अहिले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकेको छ । हाल आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको समेत निगमले बताएको छ । निगमले ३ अर्ब २७ करोड रुपियाँ जतिबेला पनि चलाउन सक्ने बताइएको छ ।

यसअघि ५८ करोड नगद मौज्दात भएकोमा हाल करिब २ अर्बको नगद मौज्दात भई १ अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको निगमले जानकारी दिएको छ ।

ओभर ड्राफ्ट रकम भुक्तानीले ५ महिनाको अवधिको निगमलाई यसको व्याज भुक्तानी गर्ने दायित्व वापतको रकम समेत वचत हुन गएको निगमको भनाइ छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।

निगमले गत आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना (साउनदेखि फागुन)सम्म ८ अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी ५ अर्ब ७० करोड रहेको थियो ।

निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वटा वाईडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिएको छ ।

कात्तिकमा ए–३२० ले ७ घण्टा ३८ मिनेट र ए–३३० ले ६ घण्टा ३८ मिनेटले बढेको, चैतमा ९ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको निगमले जनाएको छ ।

विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सुचारु गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी जानकारी दिए ।

कात्तिक महिनामा दिल्लीको दैनिक १ उडान भएकोमा हाल दुई उडान भइरहेको छ । मुम्बईको बन्द रहेको उडान हाल सातामा ३ उडान भइरहेको छ । बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालाम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान संख्या बडाएर उडान भएका छन् ।
सुदूरपश्चिममा नियमित उडान भएका छन् । इलाममा नियमित उडानको तयारी भएको छ ।

निगमले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त विश्वका यात्रुतर्फ २१ वटा र कार्गोतर्फ २४ वटा वायुसेवाहरूसँग सम्झौता गरी निगमको साखः र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यक्तालाई ध्यानमा राखी निगमको उडानको सीमालाई व्यापक सुधार गरी अन्तर्राष्ट्रिय ख्यातीमा पनि वृद्धि गरिएको छ ।

निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पीएसएस’ पद्धतिमार्फत रिजर्भेसन, टिकेटिङ, एयरपोर्टे चेकिङ, इन्टरनेट बुकिङ सञ्चालन गरेको छ ।

‘पीएसएस’ सम्बन्धी सेवा बन्द गर्ने घोषणा गरी २०१९ मा २०२२ देखि आफ्नो ‘पीएसएस’ सम्बन्ध जानकारी समेत सीता (SITA)ले दिएको अवस्थामा टेण्डर प्रकृया समेत अगाडि नबढाई अवरुद्ध भएको यो प्रोजेकटलाई समयसीमाभित्र अगाडि बढाउन व्यवस्थापन टिमको विशेष पहलमा र सक्रियतामा सम्पन्न भएको छ । यो कार्य तदारुकताका साथ सम्पन्न नभएको भए निगमका टिकटहरू बिक्री हुन सक्ने थिएन । र, जहाजहरू नै /६ महिनालाई ग्राउण्डेड हुने अवस्थाबाट बचाइएको निगमले जनाएको छ ।

नयाँ ‘पीएसएस’को चयनसँगै विभिन्न गन्तव्य मुलुकका बाध्यात्मक/अनिवार्य प्रावधान समेत निगमले अनुशरण गर्दै जानुपर्ने अवस्थामा नयाँ ‘पीएसएस’लाई अन्य ती देशका अनिवार्य सिष्टमसँग ईन्ट्रिग्रेशन गर्ने क्रममा अन्य सिष्टमसँग लिङ्कअप गर्नुपर्ने तथा यसबीचमा ती कम्पनीले निगमसँग पुरानो सम्झौत अनुसार असुल उपर गर्ने डिस्प्यूट गरेको करोडौं रकम समेत विभिन्न चरणमा वार्ता गरी छुट लिन सफल भई करोडौं रकम बचत भएको निगमले बताएको छ ।

मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाईडबडीको सफल परीक्षण अवतरण, केन्द्रीय कार्यालयमा सोभनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ ।

निगममा छोटो समयमा पटक पटक हुने गरेको नेतृत्व परीवर्तनले निगमको अवस्था सुधारमा समस्या देखिने गरेको छ । सरकारले यस कुरालाई मध्यनजर गर्दै छोटो समयमा नेतृत्व परीवर्तन हुने प्रवृत्ति अन्त्य गरे निगमको अवस्था झनै सुधार हुँदै जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!