कुवेतको एक निर्माणस्थलमा दुर्घटना हुँदा ज्यान गुमाएका ६ नेपालीका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक–एक लाखका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। साथै उक्त दुर्घटनामा घाइते भएका २ नेपालीलाई पनि उक्त सहयोग रकम प्रदान गरिने छ। संघका केन्द्रीय उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका सभापति डा बद्री केसीले कुवेत उक्त जानकारी दिनुभयो। उक्त सहयोग रकम संघका अध्यक्ष कुमार पन्त १ लाख, उपाध्यक्षहरु डा बद्रि केसी, अर्जुन श्रेष्ठ, सोनाम लामाले १–१ लाख, कोषाध्यक्ष महेश श्रेष्ठ १ लाख, सचिवहरु गौरी जोशी १ लाख, आरके शर्मा ५० हजार, र सहकोषाध्यक्ष लोक दाहाल ५० हजार गरी जम्मा गरिएको हो। गएको फेब्रुअरी १२ तारिख बुधवार कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए। दुर्घटनामा ६ जना नेपालीले ज्यान गुमाउनुका साथै २ जना घाइते भएका थिए। दुर्घटनामा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोका मगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरले ज्यान गुमाएका थिए। यस्तै दुर्घटनामा धर्मेन्द साह र मनोरथ मण्डल घाइते भएका थिए। घाइते मध्ये धर्मेन्द साह अहिले पनि अस्पतालमै उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!