बाराको देवताल गाउँपालिकामा करारमा रहेका कर्मचारीहरुलाइ २४ घण्टा भित्र साबिक बमोजिम खटाउन र म्याद नवीकरण गर्नको लागि वाडा न १ देखि वाडा न ७ सम्मका वाडा अध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकित वकिल पाललाई ज्ञापनपत्र बुझाएका छन् ।

देवताल गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचन २०७९तथा कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया समेत समपन भइ कार्यपालिकाले पुर्नता पाईसकेको सर्वविदित छ।
तसर्थ स्थानीय सरकार सन्चालन ऎन २०७४ तथा नेपालको सबिधान २०७२ को धारा (२१८) ले गरेको कार्यपालिका संचालन सबन्धी सबैधानिक तथा कानुनी ब्यवस्था बिपरित गइ प्रमुख प्रशाकिय अधिकितले काम गरि रहेको र कुनै वाडा अध्यक्षहरुको अधिकारिक निर्णय बिना एकलौटी मनोमानी गरेको हुनाले ज्ञापनपत्र बुझाएको हो ।

वाडाअध्यक्षहरुले छ ओटा माग राखी ज्ञापनपत्र बुझाएको हो । १.तीन दिन भित्र कार्यपालिका बैठक बोलाउनु हुन ।२. देवताल गाउँ पालिका को करार का कर्मचारी हरु लाई २४ घण्टा काम मा खाटाउन ।३.अधुरो गाउँ सभालाइ पुर्णता दिने ब्यवस्था मिलाउन ।४.देवताल गापा मा सघिय तथा प्रदेशिक बजेट सिलिङ प्रत्येक वाडा मा अबिलमब पठाउन ५.वाडा मा योजना संचालन भै वाडा कार्यलय बिना सिफारिस मा भुक्तान गरिएको रक्म तुरुन्त फिर्ता गराउन ।६.वाडाअध्यक्ष को बिना सहमति मा विभिन्न वाड मा खटाएका कर्मचारी तुरुन्त फिर्ता बोलाउन माग गरेका छ्न ।

उक्त ज्ञापनपत्र बुझाउन वाडा न १ वाडाअध्यक्ष अरुण कुमार सिंह वाडा न २ का वाडाअध्यक्ष मनुरुदिन मिया ठकुराइ वाडा न ३ का वाडाअध्यक्ष रामकिशोर कुशवाहा वाडा न ४ का वाडाअध्यक्ष ललन कुमार यादव वाडा न ५ का वाडाअध्यक्ष सुरेश साह वाडा न ६ का वाडाअध्यक्ष सन्जय पटेल वाडा न ७ का वाडाअध्यक्ष सतेन्द्र यादवको विशेष उपस्तिथि मा ज्ञापनपत्र बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!