हिपमत डटकम

सोमबार, साउन ०९, २०७९ || 1321  पटक पढिएको

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र र देशलाई नै खतरामा पारेको बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेको यो प्रणालीले देशलाई भड्खालोमा लैजाने तर्क गरेका हुन् ।

गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च भएकोसुनेको भन्दै अध्यक्ष दाहालले यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने बताए ।

अध्यक्ष दाहालले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको दाबी गरे ।

सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन नपाइने व्यवस्थाले करोडौँ खर्च गरेर सांसद हुन खोज्ने प्रवृति बढेको उनको भनाइ छ ।

पैसा खर्च गरेर पदमा पुगेपछि लगानी असुल्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको दाहालले बताए ।

अध्यक्ष दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्नेपनि बताए । उनले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको गुनासो गरे ।

अध्यक्ष दाहालले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भुमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने बताए ।

पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखापरेको गुनासो उनको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!