काठमाडौं। राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान एघार बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा नागरिकता विधेयकलाई टेबल गर्ने कार्यतालिका छ ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन विधेयक, २०७९) लाई सभा समक्ष टेबल गर्नेछन् ।
त्यस्तै नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६ र ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।