हिपमत डटकम

आइतबार, साउन ०८, २०७९ || 11410  पटक पढिएको

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५६ पुगेको छ ।

एकै दिन तीन सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । तीन हजार ८ सय ८८ जनाको परीक्षण गर्दा तीन सय तीन जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट कोरोना पुष्टि भएको हो । एकैदिन काठमाडौं उपत्यकामा २ सय १६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ६९ भक्तपुरमा १२ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार १ सय ६५ पुगेको छ । आज ३६ जिल्लामा संक्रमित देखिएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको संख्या तीन हजार १ सय ७७ पुगेको छ ।सक्रिय संक्रमितमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १ सय ४२ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये २२ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा छन ।

यही अवधिमा ९५ जना निको भएका छन् । थप ७८ हजार दुई सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!