हिपमत डटकम

आइतबार, साउन ०८, २०७९ || 13923  पटक पढिएको

काठमाडौ । ओमान सरकारले वैदेशिक रोजगारका लागि नयाँ नियम लागू गर्ने भएको छ । ओमान सरकारले दुई सयभन्दा बढी कामका लागि विदेशी श्रमिकलाई काममा नलगाउने घोषणा गरेको हो । ओमानले आप्रवासी श्रमिकलाई दुई सय सात प्रकारका काम गर्न प्रतिबन्ध लगाएको हो ।

ओमानले सुरक्षा गार्ड, अपरेटर, ग्रोसरी, कार र बस ड्राइभर, सेल्समेन, स्टोर सुपरभाइजर, म्यानेजरलगायत काममा विदेशी श्रमिक भर्ती नगर्ने भएको हो । देशभित्र रोजगारीको क्षेत्रलाई ओमानलाई प्राथमिकतामा राख्ने नीति अनुसार ओमानको श्रम तथा नीतिगत मन्त्रालयले नयाँ नियम लागू गर्न लागेको हो । सन् २०२२ मा आफ्ना ३५ हजार नागरिकलाई जागिर दिने लक्ष्य पनि ओमानको छ ।

नयाँ भर्ती र आप्रवासीले गर्दै आएका काम आफ्ना नागरिकलाई दिने योजना उसको छ । यसअघि ओमानले सन् २०१८ मा पनि १० क्षेत्रका ८७ प्रकारका कामका लागि आप्रवासी श्रमिक ल्याउन प्रतिबन्ध लगाएको थियो । ओमानको पछिल्लो निर्णयले नेपालबाट ओमान जाने कामदार प्रभावित हुने देखिएको छ । ओमानमा बर्षेनी सात हजार नेपाली श्रमिकले रोजगार पाउदै आएको श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!