
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले सुशासन र समृद्धिको माग उठाएको स्मरण गराउँदै ती मुद्दालाई सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन्।
उनले समावेशी विकास र समन्यायको चाहना जेनजी पुस्ताको स्पष्ट अभिव्यक्ति भएको उल्लेख गर्दै सोही अनुसार नीति र कार्यान्वयन अघि बढ्न सके देशमा दिगो विकास सम्भव हुने र राष्ट्र थप सशक्त बन्ने धारणा राखिन्।
प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हित सुनिश्चित हुने गरी अघि बढ्न सम्बन्धित सबै पक्षलाई सचेत समेत गराइन्।