हिपमत डटकम

आइतबार, साउन ०८, २०७९ || 6570  पटक पढिएको

काठमाडौ । भक्तपुरमा रुख ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका एक सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये नितेश खर्वुजाको पहिचान खुलेको छ । दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा अन्य बा¥ह जना घाइते भएका छन । घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर किचेको हो ।

ढलेको रुख नजिकै रहेको सैन्य स्कुलमा रहेका नेपाली सेनाको टोलीले हटाएको छ । यसैबीच घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुरका प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छ । गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!