हिपमत डटकम

आइतबार, साउन ०८, २०७९ || 601  पटक पढिएको

मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

संसारभरका ७५ देशमाफैलिएपछि डब्लुएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागू छन् ।

डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने बारेमा सुरुमा एकमत हुन सकेको थिएन ।

तर उनले यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको बताए ।

मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!