हिपमत डटकम

आइतबार, साउन ०८, २०७९ || 2841  पटक पढिएको

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘कारागार विधेयक, २०७८ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!