हिपमत डटकम

शुक्रबार, साउन ०६, २०७९ || 1227  पटक पढिएको

राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन् ।

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्तासहित पार्टीका नेताहरुको समेत सहभागी थिए । माइतीघरमा जम्मा भएर सुरु भएको प्रदर्शन बानेश्वरतर्फ गएको छ । राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो संगठन निर्माणसँगै सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए । उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!