हिपमत डटकम

शुक्रबार, साउन ०६, २०७९ || 3633  पटक पढिएको

भोजपुरर । भोजपुरको भोजपुर नगरपालिका-१२ स्थितमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

बिहिबार बेलुका ६ बजे भित्री सडक खण्डमा मे. १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानीय सुन्दर तामाङ को ४ बर्षीय छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाईएको तथा ठक्कर दिने ट्याक्टर र चालक भोजपुर रामप्रसादराई-९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!