काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा पहिलो समूह अन्तर्गत संचालित हातहतियार मर्मत तथा संभार पुनर्ताजगि तालिम समाप्त भएको छ ।
उक्त तालिम समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालयका प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कुँवरले तालिममा प्राप्त गरेको ज्ञान सिपलाई उच्च मनोबल तथा पूर्ण इच्छा शक्तिका साथ तत्काल संगठनलाई उपयोग हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संगठनमा रहेका हतियारलाई थप चलायमान, मर्मत तथा हतियारमा रहेको समस्याको पहिचान गरी समयमा नै निराकरण गर्न तालिममा सिकाइएका ज्ञानसीपले थप मद्दत पुर्या,उने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक ई.सोम प्रसाद पंगेनीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असार १२ गतेदेखि संचालित उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १० जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४ जना गरी २५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।