हिपमत डटकम

बिहिबार, साउन ०५, २०७९ || 3778  पटक पढिएको

काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पदमा रहँदा आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन् ।

बिहीबार बिहान संसदीय छानविन समिति विशेष समितिमा बयान दिँदै उनले आफूविरुद्ध लागेका सबै आरोप झुटो भएको दाबी गरेका हुन् ।

समितिसँगको छलफलमा निवर्तमान अर्थमन्त्री शर्माले आफूले करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएको तथा सीसीटीभी फुटेज डिलिट गरेको भन्ने आरोप गलत भएको बताए ।

निवर्तमान अर्थमन्त्री शर्माले सीसीटीभी फुटेजको बारेमा आफूलाई थाहा नभएको दाबी गरे । उनले त्यहाँ सुरक्षाकर्मी र अरू मर्यादापलकहरू पनि हुने हुँदा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नभएको उनको भनाइ छ ।

त्यस्तै बाहिरको मान्छे पसेको सजिलै थाहा हुने उनको भनाइ छ । उनले सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने मन्त्रीलाई जानकारी नहुने पनि बताए ।

शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको समितिलाई बताए । स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनको भनाइ छ ।

बजेटमा चलखेलको आरोप लागेर संसदीय समिति गठन भएपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिनिधि सभाले असार २२ गते ११ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले अहिले बजेट निर्माणमा असबन्धित मानिस सग्लन रहेको विषयमा सरोकारवालासँग छलफल गरिरहेको छ । सोही क्रममा पूर्व अर्थमन्त्री शर्मासँग बयान लिएको हो ।

निवर्तमान अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!