हिपमत डटकम

बुधबार, साउन ०४, २०७९ || 1361  पटक पढिएको

काठमाडौ । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्मा मतदान भएको हो ।

कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । उनले आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गरेर राष्ट्रपनि निर्वाचित भएका हुन । दलसले ८२ मत पाएका छन । अर्का प्रतिस्पर्धी अनुरा कुमाराले तीन मत मात्रै पाएका छन । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २ सय २५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात १ सय १३ सांसदको समर्थन आवश्यक थियो ।

यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनेका थिए । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ । गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । प्रदर्शनकारीहरुले विक्रमासिंघेले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

यसअघि उनी पाँच पटक श्रीलंकाको प्रधानमन्त्री भएका थिए । विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ । विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छन । मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति राजपाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्ष जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!