काठमाडौं।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशी सहयोगबिना, स्वदेशी स्रोतसाधनको अधिकतम प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका बताएका छन ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका हुन ।

निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । यो अभ्यास अन्तरराष्ट्रिय निर्वाचन कानुनविपरीत हुने उनले जानकारी दिए ।

“निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तरराष्ट्रिय निर्वाचन कानुनको मान्यता विपरीत हो”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने। आचारसंहिता अनुगमन, निर्वाचन कार्यालयको व्यवस्थापन, शान्ति–सुरक्षा तथा गलत र भ्रामक सूचना नियन्त्रण गर्नु आयोगका लागि प्रमुख चुनौती रहेको उनले बताए । यस विषयमा आयोग सचेत र सक्रिय रहेको उनले उल्लेख गरे ।

आचारसंहिता अनुगमनको सन्दर्भमा आयुक्त भण्डारीले विगतबाट पाठ सिक्दै सुधारका उपाय खोज्न थालिएको बताए । निर्वाचन कार्यालयको स्थानबारे उनले सबै निर्वाचन कार्यालय सदरमुकाममा राख्ने विषय आयोगको एकल निर्णयले सम्भव नहुने जानकारी गराए।

शान्ति–सुरक्षाका विषयमा सरकारसँग समन्वय आवश्यक हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ । सरकारसँगको समन्वयमा शान्ति सुरक्षाको व्यवस्थापनमा काम भइरहेको जानकारी उनले गराए ।

अभिमुखीकरणमा करिब १२० जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सहभागिता थियो । काठमाडौँसँगै चितवन, विराटनगर र नेपालगञ्ज गरी चार स्थानका ७७ जिल्लाकै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण गरिएको आयोगका प्रवक्ता नारायणपसाद भट्टराईले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!