हिपमत डटकम

बुधबार, साउन ०४, २०७९ || 1364  पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

बुधबार सभापति देउवाले आफूलाई कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको यादवले जानकारी दिएकी छिन् । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको उनले बताए ।

यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतक रहनुभएका पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुखमा नियुक्त हुनुभएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!