बुधबार, साउन ०४, २०७९ || 635  पटक पढिएको
फ़ाईल तस्बिर

कोरोना सुस्तरी तरिकाले अघि बढिरहेको छ । सरकारले हरेक दिन जारी गर्दै आएको तथ्याङ्कले भन्छ-नेपालमा सुस्तरी संक्रमण बढिरहेको छ तर, स्वास्थ्य मापदण्डको पालना कसैबाट भएको छैन ।

विराटनगरकै एक सडक चोकमा बसेर सय जना मान्छेको मुख नियाँल्नुहोस् । सयमा २/४ जनाको मुखमा मात्र मास्क लगाएको देखिन्छ । भीडभाड बढेको बढ्यै छ । काठमाडौंमा दैनिक कोरोना संक्रमण हुनेको संख्या बढेको छ । सीमान्त नाकामा पनि कोरोना बढिरहेको छ तर, बिहार, पश्चिमबंगाल, उत्तरप्रदेश लगायतका राज्यमा संक्रमण व्यापक नै हुन थालेको छ ।

 

हामी क्षति बढी हुन थालेपछि मात्र चनाखो भएजस्तो गर्छौ । विगतमा पनि यस्तै भएकाले धेरै मानवीय क्षति भयो । सरकारी निकाय पनि जब राति अनि बूढी ताँती भनेझैं अन्तिम समयमा आएर चनाखो भएजस्तो गर्छन् ।
विराटनगरमा कोरोना देखिएको छैन भनेर गमक्क पर्ने अवस्था पक्कै होइन । केही चिकित्सकहरूका अनुसार यहाँ कोरोना जाँच नै हुन छाडेको छ । हिजो (एक वर्षअघि) ज्वरो आउँदा, रुघाखोकी लाग्दा र शरिर दुख्दा कोरोना जाँच गरिन्थ्यो । अहिले १०२ डिग्री ज्वरो आउँदा पनि सामान्य भाइरल हो भनेर पचाउने संस्कार विकास भएको छ ।

विवाहलगायतका कार्यक्रममा हेर्नुहोस् उस्तै भीड छ । अहिले असारे बजेट सकाउन उसैगरी भीड गरेर कार्यक्रम गरिएको छ । मनुवाहरू निस्फ्रिक्री भएर हिडेको देखिन्छ । प्रदेश, स्थानीय र केन्द्र सरकारका स्वास्थ्य निकाय सम्हालेका कर्मचारीहरू आफै पनि स्वास्थ्य मापदण्डको पालना गरेको पाइँदैन । दसैं-तिहास नजिक आउन लागेको बेला यस्तै हो भने यसपटक पनि पुनः कोरोना संक्रमण बढ्ने देखिन्छ ।
हामीले कोरोनालाई जीवन चलाउने नाममा हलुका ढंगले त हेरिरहेका छैनौं ? सानो र सामान्य प्रयास गर्दा संक्रमणबाट बच्न सकिन्छ भने किन त्यो प्रयासमा सहभागि भइरहेका छैनौं ? आउनुहोस् संक्रमण कम गर्न र पहिलेजस्तै भाइरस समुदायमा नजाओस् भनेर केही उपाय गरौं । भीडभाड नगरौं, अनावश्यक भीडमा नरमाऔं र मास्क अनिवार्य तरिकाले प्रयोग गरौं ।
यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!