हिपमत डटकम

बुधबार, साउन ०४, २०७९ || 3207  पटक पढिएको
फ़ाईल तस्बिर

विराटनगरमै एकै दिन यस्तो समाचार आयो एक जनाको मृत्यु भयो अनि संक्रमितको संख्या दुई दर्जनको हाराहारीमा भएको कुरा आयो ।

कोसीका मेसु यज्ञराज खरेलले ‘अब मास्क लगाउने दिन आयो’ भनेर कुटनीतिक तरिकाले कोरोना संक्रमणबारे बोले । तर, प्रशासन बोलेन । स्वास्थ्य मन्त्रालय अहिलेसम्म चुपचाप छ । यसबारे महानगरपालिकाको जनस्वास्थ्य महाशाखा चुप लागेर बस्यो ।

लक्षण देखिएका धेरै विरामी समुदायमा थिए । यसलाई गोप्य राख्न खोजे सरकारी निकायले । ज्वरो आएको छ, रुँघाखोकी लागेको छ, शरिर दुख्ने क्रम बढेको छ । यस्ता लक्षण देखिंदा पनि जाँचको दायरामा ल्याउने प्रयास भएन । सबैलाई सक्रिय हुने हतारो देखियो ।

कोरोना कमजोर भएको होइन, हामी कमजोर भएका हौ । हामीले सामान्य सावधानी पनि अपनाएनौ । फगत अबका केही हप्ता आम सर्वसाधारणले कोरोनाका नाममा धेरैखाले संकटको सामना गर्नुपर्नेछ । अगाडि खाल्डो छ भन्दाभन्दै हामी त्यसमा हिड्न खोज्छौ भने खाल्डोमा त पर्छौ नै ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!