प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार हुनेभएको छ । ओलीलाई मिर्गौला नातिनीले दिने भएकी छिन । नातीनिको नाम गोप्य राखीएको छ । उनि धेरै पहिले देखिनै ओलीकै निकट थिईन । ओलाई मृगौला दिन धेरैले ईच्छा गरेपनी नातीनी संग मृगौला म्याच भएको हो । पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएपछी उनले दिएकी थिईन । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्ष अघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण प्रधानमन्त्री ओलीले देशभित्रकै अस्पतालमा गर्ने चाहना राखेको बताईएको छ । उनको मृगौला प्रत्यारोपण त्रिबि शिक्षण अस्पताल महाराज गञ्जमा हुने छ । प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने छन ।