हिपमत डटकम

मंगलबार, साउन ०३, २०७९ || 1057  पटक पढिएको

काठमाडौं। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नखोजेको बताएकी छिन् ।

उनले भनिन्–‘उहाँलाई हामी एउटा बाटो देखाउन चाहन्छौं । कतिपय ठाउँमा के हुन्छ भने, मान्छे पावरमा रहेपछि उसले आफ्नो साथीभाईलाई बिर्सिन थाल्छ, आफ्नो संगठनलाई बिर्सिन थाल्छ, र उसलाई पावरको मात लागेको हुन्छ । र, गलत मान्छेले पनि घेरेको हुन्छ । त्यसले गर्दा हामीले उहाँलाई अब सच्चिनुहोस, चुनाव आउँदैछ । उहाँले नै चुनाव गराउने हो । त्यो चुनावमा पनि कांग्रेसले अत्यधिक बहुमतले जितेर आओस भनेर काम गर्नुपर्छ ।’

प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सभापति देउवामा सक्रियता नदेखिएको आरोप लगाईन् । उनले स्थानीय तहको निर्वाचन भएको यतिका दिन बित्दासमेत केन्द्रीय कार्यसमितिको बैठक बोलाउन ढिलाई गरेको गुनासो पोखिन् । उनले सभापति देउवाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिईन् ।

उनले आफू प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार नगएको स्पष्ट पारिन् । प्रधानमन्त्री देउवालाई भेट्नको लागि कोशिष गर्दा देउवाको स्वकिय सचिव भानु देउवाले फोन काटिदिने गरेको आरोप लगाईन् । उनले भनिन्–‘प्रधानमन्त्रीजीको सेक्रेटरी (त्यो भानु देउवा) ले हामीलाई एपोईन्टमेन्टपनि दिँदैन्, फोन पनि काटिदिन्छ, फोन गर्दाखेरि फोन काट्छ । उहाँलाई हाम्रो जरुरत छैन भने हामी किन जाने ? उहाँ एउटा गुटमा बसिरहनुभएको छ। त्यो गुटलाई उहाँले कहिल्यैपनि छोड्न सक्नुभएन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!