हिपमत डटकम

सोमबार, साउन ०२, २०७९ || 5750  पटक पढिएको

मोरङ, २ साउन। सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई १ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको छ ।

उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!