रबिन्द्र बराल

शनिबार, आषाढ ३२, २०७९ || 9357  पटक पढिएको

रंगेली । रंगेली नगरपालिकाले अतिविपन्न घरपरिवारलाई सबल उद्धमी बनाउने उदेश्यले चाैपाया बितरण गरेको छ ।

नगरपालिकाले विभिन्न समयमा कृषकहरुलाई सबल हुने अपेक्षा राख्दै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकाे छ । साेहि कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका ३ स्थित शान्ति आर्यघाटमा एक कार्यक्रमकाे आयोजना गरेको हाे । नगरपालिकाको सहयोग र उद्योग बाणिज्य मन्त्रालय अन्तर्गत गरीब निवारण लघु उद्यमीको आयोजनामा कार्यक्रम आयोजना गरेको हो ।

बर्षिक रुपमा ३८ हजार रुपैयाँ सम्म आम्दानी हुने र आफ्नो आर्थिक अवस्था कमजोर भएका १० परिवारलाई माउ गाई, र बाछी बितरण गरेको हाे । कृषकहरुलाई गाई छनाेट मा बिबाद नहाेस भनेर सहभागीहरुकाे सुझाव अनुसार गाई काे जिउमा नम्बर लेखर टाँस गरिए पछि साेहि वमाेजिम गाेला प्रथा द्वारा गाई बितरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडा नम्वर ३ का वडाअध्यक्ष भरत प्रसाईं , सलिना बास्के , गरिब निवारण लघु उद्यमी का सहजकर्ता दुर्गा न्यौपानेकाे अनुसार नगरले बिगत बर्षदेखि यस्ता कार्यक्रमकाे सुरुवात गरेको र कृषकहरुलाई बुङ्गुर पालन, गाई, वाख्रा पालनका बिषयमा तालिम गरि सहभागीहरु लाई गाई बितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!