हिपमत डटकम

बुधबार, माघ २२, २०८२ || 653  पटक पढिएको

मोरङ । नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले प्रवक्ताबाट राजीनामा दिएका छन् । विष्टले आज कोशी प्रदेश सभापति उद्दब थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन ।

प्रदेश सभापति थापासँग वैचारिक मतभेद भएको भन्दै विष्टले प्रवक्ता पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पौष २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व दुवैमा परिवर्तन गरेको थियो । सो महाधिवेशनमा सहभागी भएका प्रवक्ता विष्टले महाधिवेशनले गरेको नीतिगत र नेतृत्व परिवर्तनपछि प्रदेश सभापतिसँग वैचारिक रूपमा फरक मत भएको जनाएका छन् ।

देशको विषम राजनीतिक परिस्थितिको सन्दर्भ उल्लेख गर्दै उनले प्रदेश सभापतिसँग वैचारिक रूपमा फरक मत भएपछि प्रवक्ताको हैसियतमा कार्य गर्न असहज भएको राजीनामा पत्रमा उल्लेख गरेका छन्। यस्तो अवस्थामा जिम्मेवारी निर्वाह गर्न कठिन भएकाले राजीनामा दिन बाध्य भएको उनको भनाइ छ।

राजीनामा पत्रमा विष्टले प्रवक्ताको जिम्मेवारी र कार्य गर्ने अवसर प्रदान गरेकोमा प्रदेश सभापतिलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!