सेन्ट्रल महल विराटनगरले अफरै अफरको योजना अघाडि सारेको छ । पहिलो वार्षिकोत्सवको अवसरमा बिभिन्न अफर लिएर आएको संञ्चालक समीतीले जानकारी दिएको छ । सेन्ट्रल महलले आगामी २० गते वाषर्की उत्सव मनाउदै छ । महलले २० गते एक दिनको लागी एक रुपैयामा कुनै पनि फिलीम हेर्न पाईने छ । सो दिन अनलाईन बुकीङ नहुने बताईएको छ । महलमै पुगेर टिकट काट्नु पर्ने छ । साथै जुत्ता चप्पलमा भारी छुट दिईएको छ । महलले फरक फरक समयमा विभिन्न उपाहार ल्याउदै आएको छ ।