अष्ट्रेलियाको सिड्नीस्थित एक पशु चिकित्सालयको एउटा भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ । यसमा डाक्टरले १८ वर्षको ३ मिटर लामो अजिंगरको पेटबाट तौलिया निकालिरहेको देख्न सकिन्छ । भिडियो गत हप्ताको हो । वास्तवमा जंगल कार्पेट अजिंगरले तौलिया निलेको थियो । त्यसपछि अजिंगरलाई बचाउनका लागि मालिकले अजिंगरलाई सिड्नीको स्मल एनिमल स्पेशलिस्ट अस्पताल लगेका थिए ।

अस्पतालका डाक्टरले पेटबाट तौलिया निकालेर अजिंगरलाई त्यसै दिन डिस्चार्ज गरेका छन् । अजिंगरको स्थिती ठिक भएको बताइन्छ ।

अस्पतालले भिडियो पोष्ट गर्‍योः

अस्पतालले यसको भिडियो फेसबुकमा पोस्ट गर्दै लेखेको छ, ‘तौलिया र अजिंगर दुबैले अब अर्को दिन हेर्न सक्नेछन् ।

अजिंगरको पेटको निकै भित्रसम्म तौलिया पुगेको थियो । तौलिया निकै राम्रोसँग बाहिर निस्कयो र अजिंगरको ज्यान बच्यो ।

घाँटीबाट तौलिया निकाल्नका लागि एन्डोस्कोपीको मद्दतले ग्यास्ट्रोइन्टस्टाइनल ट्र्याक्टबाट तौलिया तानिएको थियो ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!